मन्त्री बाँस्काेटाले पेश गरे मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा

भाद्र १२, काठमाडौँ । तीन महिनाअघि दर्ता भएको मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामाको बैठकमा पेश भएको छ ।   

बिहिबार भएको राष्ट्रियसभामा बैठकमा  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यस विधेयकलाई पेश गरेको हो ।   

विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरि विधेयक ल्याइएको बताए छन् । उनले विधेयकमा उल्लेखित दण्ड जरिवानाको विषयलाई अदालती विषय बनाउने भन्ने बारेमा सोच्न सकिने र केही नमिलेका कुराहरु छलफलका क्रममा मिलाउन सकिने बताएका छन् ।   

बाँस्काेटाले सरोकारवालासँग छलफल गरेर विधेयकमा आवश्यक परिर्मान गर्न सकिने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दर्ता गराएको विरोधको सूचना फिर्ता लिएका थिए ।   

यस अघी नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका राधेश्याम अधिकारीले विधेयकमा विरोधको सूचना दर्ता गराएका थिए । उनले त्यस क्रममा विधेयकले मिडिया काउन्सिललाई स्वायत्त निकायका रुपमा स्वीकार नगरेको बताएका थिए । उनले भनेका थिए, ‘विधेयकले काउन्सिललाई नियन्त्रण गर्ने देखिएको छ । स्वनियमनलाई ध्यानु दिनुपर्छ तर विधेयकले त्यसतर्फ कुनै ध्यान दिएको छैन । आचारसंहिता काउन्सिल आफैले बनाउने कुरा आपत्तिजनक छ ।’ 

 उनले जरिवाना शुल्क र काउन्सिललाई सरकारले निर्देशन दिने कुरालाई स्वीकार गर्न नसकिने भन्दै विधेयक फिर्ता लैजानुपर्ने बताएका थिए  ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *