पाँच फरार प्रतिवादी पक्राउ

भाद्र ५, काभ्रेपञ्चोक ।  जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाेक प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जबर्जस्ती करणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१ वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दामा रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दामा पाँचखाल नपा–८ होक्सेका ३१ बर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दामा रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

जबर्जस्तीकरणी घटनाको महानगरीय प्रहरी वृत्त कालीमाटीमा मुद्दा दर्ता भएकाले अभियुक्त लामालाई उतै पठाइएको तथा यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, अन्य पक्राउ चार जना प्रतिवादीलाई भने काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुझाइएको छ। 

Image result for पाँच फरार प्रतिवादी पक्राउ

जिल्ला अदालतले अपहेलना मुद्दामा बेतमान तामाङलाई ६ दिन कैद र पाँच सय रुपैयाँ जरिवाना, चोरी मुद्दामा कुमार तामाङलाई चार महिना आठ दिन कैद र ७८ हजार नाै सय जरिवाना तथा कुटपिट मुद्दाका दुई जना महिलालाई १६ रुपैयाँ जरिवाना तोकेको थियो। रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *