जन्मदिन मनाउन डा. कोइराला पुगे भारतको विष्णुधाम

भाद्र ९, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला आफ्नो जन्मदिन अवसर पारेर भारतको बिहार राज्य स्थित सुपौल जिल्लामा रहेको प्रसिद्ध मन्दिर बिष्णुधाम पुगेका छन् ।
केही दिनदेखी गृह जिल्ला मोरंङ र झापाका विभिन्न कार्यक्रममा ब्यस्त रहेका कोइराला भाद्र ८ बिहानै श्रीमती पुनम कोइराला, आफ्ना सहयोगी दिनेश थपलिया र बालसखासमेत रहेका डा. नारायणकुमारलाई लिएर त्यसतर्फ लागेका हुन ।
सुपौल जिल्लाको राधापुरमा रहेको यस मन्दिरलाई भारतिय र नेपाली धर्मावलम्बीहरु अत्यन्तै महत्वका साथ हेर्छन् । हरेक पटक बिराटनगर जाँदा डा. कोइराला अत्यन्तै ब्यस्त रहने गरेका छन् । यो पटक पनी दैनिक ५ वटा सम्म कार्यक्रममा सहभागी भएको कोइरालाका सहयोगी दिनेश थपलियाले बताए ।

कोइरालालाई कांग्रेसका आम कार्यकर्ताले सभापति पदका सबै भन्दा बलिया प्रतिश्पर्धीको रुपमा लिएका छन । डा. कोइराला यतिबेला पार्टीमा पार्टी सुदृढिकरण र पार्टी भित्रको गुटवन्दी अन्त्यको मुख्य एजेण्डा बनाएर आम नेता तथा कार्यकर्तामा गइरहेका छन् ।








