प्रधानमन्त्री ओली श्रीमतीसँगै सिंगापुर पुनः प्रस्थान

भाद्र ५, काठमाडौँ । बिहिबार दिउँसो १ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओली पुनः सिंगापुर प्रस्थान भएका छन् ।   

११ दिन अघी सिंगापुरबाट स्वस्थ्य परिक्षण गराई स्वदेश फर्केका  उनी पुनः स्वास्थ्य परिक्षणको लागि थाइ एयरको विमानबाट श्रीमती राधिका शाक्यसँगै आज सिंगापुर प्रस्थान भएका हुन् ।   

यो भन्दा अगाडी  साउन १८ गते  सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य जाँच गरी उनी साउन २७ गते मात्रै स्वदेश फर्किएका थिए । तर स्वास्थ्यमा पुनः समस्या देखिएपछी डाक्टरको सल्लाहमा उनी पुनः दोस्रो पटक  सिंगापुर प्रस्थान भएका हुन् । 

यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रेस नोट जारी गर्दै मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि सिंगापुर गएको जानकारी दिएकी थिईन् ।    

मृर्गौलासम्बन्धि एण्टीबडीको मात्रा धेरै देखिएकाले शरीरबाट निकाले फाल्‍ने विधिलाई निरन्तरता दिनु पर्ने भएकाले प्रधानमन्त्री  सिंगापुर पुनः प्रस्थान गरेको उनले बताएकी छिन् ।   

उच्च स्रोतका अनुसार यसपालीको प्रधानमन्त्रीको सिंगापुर बसाई लामो हुने सक्ने बताईएको छ ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *