डेल स्टेनले टेष्ट क्रिकेटबाट लिए सन्यास

एजेन्सी । दक्षिण अफ्रिकामा तीब्र गतिका बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षिय स्टेनले सोमवार टेष्ट क्रिकेटबाट सन्यास लिएको जनाएका हुन् । सिमित ओभरको खेललाई भने स्टेनले निरन्तरता दिने छन् । 

 

करिअरको अधिकांश समय स्टेनले चोटसँग जुधिरहन पर्यो । यसै महिना इंग्ल्यान्डमा सम्पन्न एक दिवसिय विश्वकपबाट पनि अन्तिम समयमा चोटका कारण बाहिरिनु परेको थियो । स्टेनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । 

null

उनले ९३ टेष्टको १ सय ७१ इनिङमा ३.२४ को इकोनमिमा रन खर्चिदै कुल ४ सय ३९ विकेट लिएका छन् । उनको सर्वोत्कृष्ट प्रदर्शन ७-५१ रह्यो । स्टेनले १ सय २४ वान डे खेलमा १ सय ९६ विकेट लिएका छन् । त्यस्तै ४४ टि२० मा ६१ विकेट स्टेनको नाममा छ । स्टेन तीव्र गतिसँगै बाउन्सका लागि परिचित छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *