विद्युत प्राधिकरणको नाफाः एक वर्षमै ७ अर्ब २० करोड


साउन २८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन् ।
null
मन्त्री पुनका अनुसार २०७४–७५ मा प्राधिकरणले २ अर्ब ९० करोड नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो।
केही वर्षयता विद्युत प्राधिकरण लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरण लाइनको सुदृढीकरणमा केन्द्रित भएको थियो । सोही कारण बढी नाफा आर्जन गर्न सफल भएको ऊर्जामन्त्रीको दाबी छ ।
विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।
मन्त्री पुनले भने, ‘प्राधिकरणले साँवा, र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गर्नुका साथै प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमि ल्याएको छ । अघिल्लो वर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले घटेर विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ।’
प्राधिकरणले गत आर्थिक वर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको पनि उनले जानकारी दिए ।
