घुस रकम सहित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ पक्राउ

२०७६ भदौ १३ गते

भाद्र १३, कैलाली । कैलालीमा यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जना कर्मचारी घुस रकम सहित रंगेहात पक्राउ परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित कार्यालय प्रमुख गम्भीरसिंह विष्ट, शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगरलाई रंगेहात पक्राउ गरेको हो ।
कार्यायल प्रमुख विष्टकाे साथबाट ९८ हजार, जोशीबाट ४९ हजार १ सय र कारीगरबाट १९ हजार रुपैयाँ गरी अख्तियारले १ लाख ६४ हजार १ सय रूपैयाँ उनीहरूकाे साथ फेला पारेका छन् ।
पक्राउ परेका उनीहरुले सेवाग्राहीसँग गाडीको नामसारी चाँडो गराइदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार हाल पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भईरहेको छ ।

२०७६ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित