प्रधानमन्त्री ओली सिंगापुरबाट आज स्वदेश फर्कँदै, उतैबाट दिए इदकाे शुभकामना

 

                                                                               फाइल तस्वीर 

साउन २७, काठमाडौं । स्वास्थ्योपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) मात्रै स्वदेश फर्कँदै छन् । 

null

प्रम ओली आइतबार नै फर्कने कार्यतालिका थियो । स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेका कारण कार्यतालिका लम्बिएको हो । उनी आज दिउँसो १२ः२५ मा थाइ एयरबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

नियमित स्वास्थ्य परीक्षणका लागि ओली साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । उनको अवस्था अहिले सामान्य रहेको तथा स्वास्थ्यमा सुधार आएको बताइएको छ । 

सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले उतैबाट मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा सो समुदायका सबैमा शुभकामना समेत दिएका छन् । 

उनले आज ईद–उल– अज्हा (बकर ईद) को अवसरमा आज एक सन्देश जारी गर्दै नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाती र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने उल्लेख गरेका छन् । 

‘नेपालबहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान छ’ प्रधानमन्त्री ओलीले भनेका छन् । 

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा। दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *