ओपोद्वारा ईन्टेल, एरिक्सनसँग प्याटेन्ट डिल

भदौ ९, काठमाडौं । ओपोले ईन्टेलसँग सेल्यूलर मोबाइल कम्यूनिकेशन टेक्नोलोजी सम्बन्धित क्षेत्र अन्तर्गत ५८ प्याटेन्ट हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ ।   

साथै, एरिक्सनसँग ५ सय भन्दा बढीको संख्यामा यूएस, यूरोप, चीन र भारत लगायत देश तथा क्षेत्र समेटिनेगरी प्याटेन्ट अधिकार पनि खरिद गरिएको ओपो कम्पनीले जनाएको छ ।   

वैश्विक बजारमा आफ्नो व्यवसाय वृद्धिका लागि अग्रसर ओपोलाई ईन्टेल र एरिक्सनसँगको कम्यूनिकेशन प्याटेन्ट्स सुरक्षण सम्झौता मार्फत प्राविधिक विकास क्षमता वृद्धि लागि थप गति मिल्नेछ । 

ओपोले सन् २०१९ सम्ममा विश्वभरका २० भन्दा बढी देश तथा क्षेत्रमा फाइभजी प्याटेन्ट लागु गरिसकेको छ । फाइभजी मानक विकासकर्ता मध्यकै एक अग्रणी योगदानकर्ताका रुपमा कम्पनीले फाईभजी प्रविधिसँग सम्बन्धित २ हजार २ सय भन्दा बढी ग्लोबल प्याटेन्ट फ्यामिलिज निवेदन र थ्रीजीपीपी सम्बन्धित २ हजार ६ सय भन्दा बढी प्राविधिक पेपर्स पेश गरिसेकेको छ ।   

जुलाई २०१९ सम्म नियाल्दा ओपोले फाईभजी प्याटेन्ट स्पेसमा आफ्नो दरिलो उपस्थिती जनाउँदै ईटीएसआई सामु ६०० प्याटेन्ट फ्यामिलिजको खुलासा गरिसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *