१४ महिने बालिकाको पोखरीमा डुबेर मृत्यु

२०७६ साउन २२ गते

फाइल तस्वीर
साउन २१, विराटनगर । झापा बुद्धशान्ति गाउँपालिका–६ शान्तिनगर बस्ने खड्कबहादुर लिम्बुको १४ महिनाकी छोरी साखिमको पोखरीमा डुबेर मृत्यु भएको छ ।
null
आज दिउँसो सवा १२ बजेको समयमा नाबालिका घरनजिकै रहेको माछापोखरीको छेउमा खेल्ने क्रममा सोही माछा पोखरीमा परी डुबेर बेहोस भएकी थिइन् ।
उनको उपचारको क्रममा बिर्तामोड तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले जानकारी दिए ।

२०७६ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित