विमानस्थलमा प्रतिक्रिया नदिएका प्रधानमन्त्रीको ट्विट: ‘मेरो स्वास्थ्य सामान्य छ’

 

साउन २७, काठमाडौं । सिंगापुरमा उपचार गरी स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य समान्य भएको जानकारी दिएका छन् । 

सोमबार मध्यान्ह काठमाडौं आइपुगेका प्रम ओलीले सामाजिक सञ्जाल ट्वीट गर्दै आफ्नो स्वास्थ्य सामान्य भएको भन्दै परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गरे । 

null

उनले ट्वीटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी–दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।’ 

यसअघि विमानस्थलमा भने प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन् । 

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा नेकपाका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सञ्चाकर्मीहरु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए । 

नियमित स्वास्थ्य परीक्षणका लागि ओली साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । 

सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ।परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु।मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *