थाइराइड भएका व्यक्तिले के खान हुन्छ के खान हुँदैन

 

साउन १० । थाइरोइड जो कोहीलाई पनि हुन सक्छ । आजभोली थाइरोइडको बिरामी दिन प्रतिदिन बढ्दै गईरहेको छ । यो रोगको समस्याबाट धेरै व्यक्तिहरु गुज्रिरहेको छ । 

थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ । यो गन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो । यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ। 

null

थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइडको समयमा नै उपचार गरिएन भने पछी थायराइड बिग्रेर घाँटीको क्यान्सर हुने हुन्छ । थाइराइड हुँदा हामीले खानेकुरामा पनी ध्यान दिनु पर्ने हुन्छ थायराइड हुँदा के खान हुन्छ के खान हुँदैन तल बताईएको छ । 

 खान हुने – अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त पानी पिउनुपर्छ । यस्ता खानेकुराले शरीरमा मेटाबोलिज्मको मात्रालाई नियमित गर्न सघाउ पुर्‍याउँछन् । 

– दैनिक खानामा ३०–३० प्रतिशत सलाद र उसिनेको खानेकुरा तथा ४० प्रतिशत नियमित खानाको अनुपात मिलाएर खाने हो भने थाइराइडको समस्या कम गर्न सकिन्छ । 

– सलादमा प्याज, काक्रो, गाँजर, भिजाइएको गेडागुडी खान सकिन्छ । त्यस्तै, उसिनेको खानेकुरामा आलु, तरुल र सखरखण्ड आदि खान सकिन्छ । 

 खान नहुने– सेतो आटाबाट बनेका पाउरोटी, बे्रेड, पिज्जा र बर्गर आदि ग्ल्युटिन तत्व भएका खानेकुरा सकेसम्म खानुहुँदैन । अझ औषधि सेवन गरिरहेकाले त ग्ल्युटिनयुक्त खानेकुरा खानैहुँदैन । खाएमा औषधिको प्रभाव घटाउनुका साथै शरीरमा पोषणको कमी हुन्छ । 

– फुलगोभी र बन्दागोभीले शरीरमा आयोडिनको कमी गराउँछ । यसर्थ, आयोडिनको कमीका कारण थाइराइडको समस्या हुने भएकाले यस्ता तरकारी सेवन गर्नुहुँदैन । 

– शरीरमा मेटाबोलिज्मको कमी हुनेले चिनी सेवन गर्नुहुँदैन । त्यस्तै, जंकफुड, तेलमा तारेका मैदाबाट बनेका र प्याकेटका खानेकुरा खानुहुँदैन । 

– सोयाबिन र यसबाट बन्ने खानेकुरा खानुहुँदैन । सोयाबिनको तेलले शरीरमा थाइराइड हर्मोनमा कमी ल्याउँछ । 

  

प्रतिक्रिया

One thought on “थाइराइड भएका व्यक्तिले के खान हुन्छ के खान हुँदैन

  1. सुझाव को लागि धन्यवाद ।।धेरै राम्रो जानकारि।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =