इक्यान शैक्षिक मेलाः नेपालमै हुँदैछ पहिलो पल्ट फाइभ स्टार लेवलको शैक्षिक मेला

 

असार २०, काठमाडौं । १३ औं शैक्षिक मेला विहीबारबाट शुरु हुँदैछ । नेपाल शैक्षिक परामर्श संघको आयोजना तथा वल्र्ड विजनेश मेनेजमेन्ट कन्सल्टेन्टको व्यवस्थापनमा नेपालकै पहिलो फाइभ स्टार लेवलको शैक्षिक मेला भृकुटिमण्डपमा हुन लागेको हो । 

नेपाली विद्यार्थीहरुलाई विदेश अध्ययनको बारेमा निःशुल्क बृहद् जानकारी दिने सो मेला ४ दिनसम्म चल्ने छ । विद्यार्थी, अभिभावक तथा अरु सरोकारवालाले अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षासहित मेला आयोजना गरिएको इक्यानले जनाएको छ । 

null

इक्यानका अनुसार मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगका प्रतिनिधीहरुले समेत सहभागिता जनाउनेछन् । मेलामा ३ सयबढी शैक्षिक परामर्श संस्थाका स्टल रहने छन् । जहाँबाट विद्यार्थी अभिभावकले मान्यता प्राप्त काउन्सलर र विदेशी विश्वविद्यालय र कलेजका आधिकारिक प्रतिनिधिबाट शैक्षिक परामर्श पाउने छन् । 

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा बिद्यार्थी तथा अबिभावकलाई जानकारी गराउने मेलाको मुख्य लक्ष्य रहेको इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए । ‘पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि निःशुल्क परामर्श सेवा प्रदान गर्नेछौं’ उनले भने । शैक्षिक मेलामा डेढ लाख भन्दा वढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

इक्यानले पहिलो पटक ५ तारे स्तरको शैक्षिक मेला आयोजना गरेको हो । यसअघि १२ औं शैक्षिक मेला भन्दा फरक र बृहद बनाउने इभेन्ट म्यानेजमेन्ट कम्पनी डब्लुविएमसीका सिइओ बुद्धिप्रसाद रेग्मीले बताए । शैक्षिक मेला स्थल डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र) हुनेछ । यसका अलावा पहिलो पटक मेलामा रेडकार्पेट प्रयोग गरिने बताइएको छ । 

प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सोको व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क यातायात सेवाको समेत व्यवस्था हुने ईक्यानले बताएको छ । शैक्षिक मेलाको प्रिजेन्टरमा ब्रिटिस काउन्सिल रहेको छ । राइटपाथ करियर काउन्सेलिङ टाइटल स्पोन्सर रहेको शैक्षिक मेलामा विद्यार्थीले अस्ट्रेलिया, क्यानडा, न्युजलेण्ड, युके, युएसए, इण्डिया, युरोपका उत्कृष्ठ विश्वविद्यालय र कलेजको उपस्थिति रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =