लाेडसेडिङकाे मारमा कञ्चनपुर, दैनिक चारदेखि ६ घण्टा कटौती

काठमाडौं, २० असार । नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालय अन्तर्गतको विद्युतभार कटौती लालपुर सबस्टेसनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युतभार कटौतीको तालिका सार्वजनिक गरिएको छ । 

दुई वर्ष अघिदेखि हटेको विद्युतभार कटौतीको तालिका पुनः सुरु गरिएको छ । प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख पवनकुमार भट्टको हस्ताक्षरित विद्युतभार कटौतीको तालिकामा दैनिक चारदेखि छ घण्टासम्म विद्युतभार कटौती गरिने जनाइएको छ । 

 

null

तालिकाअनुसार बिहान, अपराह्न र राति गरी वाणी, पिपलाडी र झलारी फिडरमा ६ घण्टा, भीमदत्तनगर, बनगाँउ, भाँसी, ऐठपुर, गड्डाचौकी र दोधारा चाँदनी फिडरमा चार घण्टा विद्युतभार कटौती हुने जनाइएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि विद्युतभार कटौती तालिका सार्वजनिक गरिएको छ । 

गर्मी बढेको र मनसुनी वर्षा नभएकाले लालपुर १३२ केभी सबस्टेसनमा जडान गरिएको पावर ट्रान्सफर्मरको क्षमताले नधान्ने अवस्था आएकाले विद्युतभार कटौती गर्नुपरेको प्राधिकरणका कर्मचारीको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिडले सबस्टेसनमा रहेको ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गर्न केही दिन लाग्ने भएकाले विद्युतभार कटौती बाध्यतावश गर्नुपरेको जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =