नेविसंघद्वारा चरणबद्ध आन्दोलनको घोषणाः प्रधानमन्त्रीलाई विषाक्त तरकारी पठाउने

 

असार २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । 

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आइतबार एक विज्ञप्ति जारी गर्दै भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने फलफलु तथा तरकारीको विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

null

आन्दोलनका कार्यक्रम अन्तर्गत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गर्नेछ भने मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने कार्यक्रम तय गरेको छ । 

त्यस्तै असार २५ गते विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गर्ने, २६ गते मसाल जुलुस र असार २७ गते माइतीघरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ । 

नेविसंघले आइतबार पनि विषाक्त तरकारीसहित काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =