जथाभावी गाडी चलाएर ६ जना बालबालिकाको हत्या गर्नेलाई मृत्युदण्ड

 

असार २४ शेनयाङ ।  चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्ने क्रममा जथाभावी गाडी चलाएर ६ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । 

उक्त घटनामा अरु २० जना घाइते भएका थिए । हान जिहुवा नाम गरेका अभियुक्तले सेडान कार ६० जना केटाकेटीको भिडमा दौडाएका थिए । गत वर्ष नोभेम्बर २२ मा भएको उक्त घटनामा दुई शिक्षक पनि घाइते भएका थिए । 

null

उक्त घटनापछि फरार भएका ती गाडी चालकलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले आदेशमा हान जिहुवाले जानाजान बालबालिकामाथि गाडी दौडाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ । 

अपराधको प्रकृति र सामाजिक असर दुवै पक्षलाई अध्ययन गरी मृत्युदण्ड दिइएको अदालतले जनाएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *