‘शैक्षिक मेलाले अन्तराष्ट्रिय शिक्षाको महत्व दर्शाउँछ’

  

 

इक्यानले हरेक वर्ष आयोजना गर्ने शैक्षिक मेला विशिष्ट र फरक भइहाल्छ । यसपटक विगतको भन्दा पृथक, ब्यवस्थित तथा अभिभावक, विद्यार्थी तथा शैक्षिक परामर्श ब्यवसायीलाई नै प्रत्यक्ष फाइदा पुग्ने हिसाबले आयोजना गरिएको छ । 

null

विद्यार्थी अभिभावकले एकै छानामुनी सयौं कन्सल्टेन्सी, विश्वका उत्कृष्ट कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग वान टु वान करियर काउन्सेलिङ गर्न सक्छन् । विद्यार्थीले आफुले चाहेको विषय, कलेज र देशका बारेमा प्रत्यक्ष जानकारी लिन सक्छन् । मेलामा सहभागी हुने कन्सल्टेन्सीहरु नेपाल सरकारबाट मान्यता प्राप्त हुने र उनीहरुले दिने परामर्श सत्यतथ्य हुने भएकोले ठगिने डर हुँदैन । यो मेला इक्यानमा आबद्ध कन्सल्टेन्सी ब्यवसायीहरुको ठूलो इभेन्ट भएकोले उनीहरुले प्रत्यक्ष रुपमा आफ्नो ब्यवसायको प्रमोशन समेत गर्ने भएकोले सबैलाई फाइदा जनक छ । 

यसपटकको शैक्षिक मेलामा इक्यानमा आबद्ध कन्सल्टेन्सीहरुसँगै अस्टे«लिया, अमेरिका, न्यूजलेण्ड, क्यानडा, युरोप, इण्डिया लगायत विभिन्न देशका उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरुको सहभागीता रहनेछ । साथै, शैक्षिक मेलामा विभिन्न देशमा गएर उच्च शिक्षा हासिल गरी सफलता प्राप्त गरेका कलाकार, ब्यवसायी तथा आइडल पर्सनहरुको उपस्थिति समेत रहने कार्यक्रम छ । 

 

प्लस टु पास गरेका ब्याचलर, मास्टर्स गर्न विदेश जाने सोच बनाइरहेका विद्यार्थीले आफु जान चाहेको देश, त्यहाँको शैक्षिक अवस्था, आफुले पढ्न चाहेको विषय, जान चाहेको विश्वविद्यालय कलेजको अवस्था, लागत, भिसा प्रक्रिया तथा डकुमेन्टेशन र भाषिक ज्ञानका सन्दर्भमा विज्ञ तथा मान्यताप्राप्त काउन्सलरबाट परामर्श लिन सक्नेछन् । 

१३ औं इक्यान शैक्षिक मेलाको इभेन्ट म्यानेजमेन्टको जिम्मा वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टले पाएको छ । यो कम्पनीले विभिन्न अन्तराष्ट्रिय स्तरको इभेन्टहरु गरीसकेको अवस्थामा यसपटक उसले विगतको भन्दा फरक तवरले शैक्षिक मेला गर्ने योजना ल्याएको छ । नेपालमै प्रथम पटक फाइभ स्टार लेवलको शैक्षिक मेला हुन गइरहेको छ । रेड कार्पेट, प्रत्येक स्टलमा कुलर, फस्ट टाइम डस्टफ्रि जोन बनाएर मेला ब्यवस्थापन गरिएको छ । प्रचार प्रसारलाई परम्परागत र डिजीटल प्रविधि दुवैलाई प्रयोगमा ल्याइएको छ । यस हिसाबले यसपटक ४ दिने शैक्षिक मेलामा लगभग एक देखि डेढ लाख विद्यार्थी अभिभावकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

हामीले प्रथम चरणको पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा शैक्षिक मेला हुँदैछ भनेर जानकारी गराइसकेका छौं । इभेन्ट म्यानेजमेन्ट कम्पनीले स्टल बुकिङ गर्ने, स्पोन्सर्सहरु जुटाउने काम लगभग सक्नु भएको जानकारीमा छ । यसका साथै प्रर्दशनी स्थलमा स्टल बनाउने काम धमाधम भइरहेको छ । प्रचार प्रसारका लागि विभिन्न सञ्चार माध्यम प्रयोग गरिरहेको छ । विशेष गरी यसपटक हामीले डिजिटल मिडिया र सामाजिक सञ्जाललाई बढि फोकस गरेर काम गरेका छौं । 

राजधानीका विभिन्न ५ स्थानबाट विद्यार्थीलाई भृकुटीमण्डपसम्म आउन निःशुल्क यातायातको ब्यवस्था गरिएको छ । विश्वका विभिन्न क्षैक्षिक गन्तब्यका देशहरुका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु आउँनेक्रम सुरु भएको छ । समग्ररुपमा यस पटकको शैक्षिक मेला भब्य र सभ्य तवरले सफल हुन्छ । 

मुख्यतः यो शैक्षिक मेलाले विद्यार्थी अभिभावकलाई अन्तराष्ट्रिय शिक्षाको महत्व दर्शाउने नै हो । त्यो वाहेक शैक्षिक मेलामा विभिन्न काउन्सलरबाट विद्यार्थीको आर्थिक, शैक्षिक अवस्था हेरेर करीयर काउन्सेलिङ समेत गर्ने भएकोले त्यसबाट विद्यार्थीले प्रत्यक्ष फाइदा लिन सक्नेछन् । साथै मेलामा विद्यार्थीलाई लक्षित गर्दै विभिन्न गिफ्ट ह्याम्पर, आकर्षक पुरस्कार तथा बम्पर पुरस्कारको समेत ब्यवस्था गरिएको छ । 

इक्यानले आयोजना गर्ने यो शैक्षिक मेला मुलुककै सबैभन्दा ठूलो र ब्यवस्थित शैक्षिक मेला हो । जहाँ तीनसय भन्दा बढि स्टलमा स्वदेशका मान्यता प्राप्त शैक्षिक परामर्श संस्था, तिनले प्रतिनिधित्व गर्ने विदेशी विश्वविद्यालय र कलेज तथा विभिन्न अन्तराष्ट्रिय नियोगहरुको समेत उपस्थिति रहने छ । यस्तो शैक्षिक मेलामा विद्यार्थीहरु उपस्थित हुँदा उनीहरुले आफ्नो करियर कसरी सुरक्षित र उज्ववल बनाउने भन्ने बारेमा निःशुल्क जानकारी समेत हासिल गर्ने भएकोले यहि जुलाई ११ देखि १४ सम्म हुने १३ औं इक्यान शैक्षिक मेलामा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *