नक्कली भिसामा अध्यागमनको छाप, क्यानाडाको यात्रा गोन्जाओमा रोकियो

काठमाडौं, २६ असार । गत विहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डिपार्चर छाप लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानाडाका लागि उडे । तर, तीनै जना ट्रान्जिट रहेको चीनको गोन्जाओबाट अघि बढ्न सकेनन् । क्यानाडाको नक्कली भिसा रहेको भन्दै चिनियाँ अध्यागम अधिकारीहरुले उनीहरुलाई फर्काइदिए । 

 

यो घट्नालगत्तै सक्कली र नक्कली भिसासमेत नछुट्याई अध्यागम अधिकृतले कसरी उडान अनुमति दिए भन्नेबारे अध्यागमन विभागले छानविन सुरु गरेको छ ।स्रोतका अनुसार अनुमति दिनमा संलग्न दुई अध्यागमन अधिकृतलाई विभागले प्रारम्भिक सोधपुछ गरेको छ । 

null

विभागले यो प्रकरणमा छानविन गर्न मानव बेचविखन तथा अनुसन्धान ब्यूरोमा पनि सम्पर्क गरेको थियो । तर ब्यूरोले मानव बेचविखन भन्दा नक्कली भिसाको विषय भएकाले केन्द्रिय अनुसन्धान ब्यूरोमा अनुरोध गर्न सल्लाह दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *