न्युजिल्याण्डद्वारा भारतलाई २४० रनको लक्ष्य

२०७६ असार २६ गते

असार २५, काठमाडौं । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ ।
न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनायो ।
null
न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान विलियम्सनले ६७ रन बनाए ।
भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १–१ विकेट लिए ।

२०७६ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित