अरूण र आँचल शर्माको रोमान्स
२०७६ साउन १ गते

काठमाडौं, १ साउन । गायक, संगीतकार एवं रचनाकार वासुदेव केसीले आफ्नो पहिलो गीति अडियो एल्बम राइजिङ सनमा संगृहित एक गीतको म्युजिक भिडियो रिलिज गरेका छन् । युट्युबमार्फत रिलिज गरिएको ओ प्रिय बोलको गीतको भिडियोमा अरूण क्षेत्री र आँचल शर्माले अभिनय गरेका छन् ।
भिडियोमा आँचललाई एकोहोरो प्रेम गर्ने अरूण उनलाई आफ्नो बनाउन कोशिस गरिरहेका देखिन्छन् । भिडियोको निर्देशन कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका छन् भने छायांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ ।
null
गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेन्ज रहेको छ । गीतमा आफँले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ । ‘धेरैजसो किशोरको मनोभावलाई महसुस गरेर गीत तयार पारेको हुँ’ –गायक केसीले भने ।
२०७६ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








