जब आयोजकको गल्तीले नेपालको पदक खोसियो…

 

साउन १२, काठमाडौं । आज (आइतबार) भएको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग ८२ रनले पराजित भयो । 

अपराजित रहँदै सिंगापुर आइसीसी टी–ट्वान्टी विश्वकप क्वालिफायर बिजेता बनेर ग्लोबल क्वालिफायर पुगेको छ । 

null

नेपालले २ खेलमा जित र २ खेलमा हार व्यहोर्दै ४ अंक मात्र जोड्न सक्यो । क्वालिफायर जित्ने मुख्य दाबेदारको रुपमा रहेको नेपाल तेस्रो बन्यो । विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भयो । अझ आयोजकका गल्तीका कारण नेपाललाई आलो घाउमा नुनचुक छरे जस्तै भयो । 

सिंगापुरसँग हारेपछि नेपाल तेस्रो र कतार दोस्रो भएको थियो । तर पुरस्कार वितरणको समयमा आयोजकले नेपाललाई उपविजेता घोषित गर्दै नेपाली क्रिकेट टिमका सबैलाई मेडल लगाइदियो । 

 

उता कतार भने आफू दोस्रो भएको दाबी गरिरहेको थियो । हुन पनि उपविजेताको दाबेदार उही थियो । नेपालको भन्दा उसको अंक बढी थियो । सिंगापुरसँग हारेपछि नेपालको रनरेट –०.६८२ भयो। कतारको रनरेट –०.३७८ थियो। 

मेडल लगाइएको केही समयपछि सिंगापुरलाई ट्रफी हस्तान्तरण गर्ने क्रममा नेपालले पाएको मेडल आयोजकलाई नै फर्काउनुपर्‍यो। त्यसपछि आयोजकले उक्त मेडल कतारलाई लगाइदिएको हो । 

आयोजकले सिंगापुरलाई विजेताको ट्रफी प्रदान गर्नुअघि यस विषयमा क्षमा माग्दै कतार दोस्रो भएको जनाएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *