मुख्यमन्त्री कप प्रदेश लिगमा तेह्रथुम शिर्ष स्थानमा

सुनसरी, २२ असार । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल अन्तर्गत धरान रंगशालामा शनिबार साँझ सम्पन्न प्रतियोगितामा अपराजित हुँदै तेह्रथुम शिर्ष स्थानमा उक्लिएको छ । तेह्रथुमले आफ्नो अन्तिम खेलमा भोजपुरलाई ५–० गोल अन्तरले पराजित गर्दै ४ खेलबाट ८ अंक प्राप्त गरी शिर्ष स्थामा रहेको हो । 

तेह्रथुमले प्रतियोगितामा ६ गोल खाएर १२ गोल गरेको छ । शिर्ष स्थानमा रहेको तेह्रथुमले अघिल्लो चरण प्रवेशलाई बलियो बनाएको छ । १ खेल खेल्न बाँकी रहेका टिम सुनसरी र धनकुटाको समान ५ अंक छ । अन्तिम खेलमा सुनसरी र धरान दुवै टोलीले ४ गोल अन्तरभन्दा बढीले विजयी भए मात्रै तेह्रथुम दोस्रो चरणमा प्रवेश गर्न सक्दैन । 

 

null

शनिबार भएको पहिलो खेलमा सुनसरीको धरान फुटबल क्लब र धनकुटाको बौद्धिक विकास समिति १–१ गोलको बराबरीमा रोकिएका छन् । धनकुटाले खेलको ५ औं मिनेटमा नै अग्रता लिएको थियो । धनकुटाका लागी सञ्जय रम्तेलले गोल गरेका थिए । धरानले ५० औं मिनेटमा बराबरी गोल गरेको थियो । धरानका लागी अरुण धामीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरानका गोलकिपर सचिन श्रेष्ठ घोषित भए । 

 

शनिबार नै भएको दोस्रो खेलमा तेह्रथुमले भोजपुरलाई ५–० गोल अन्तरले पराजित गर्यो । तेह्रथुमका तर्फबाट बिमल गुरुङ र सन्तोष लिम्बूले २÷२ गोल गरे भने रोशन लिम्बूले एक गोल गरे । खेलको म्यान अफ द म्याच तेह्रथुमका बिमल गुरुङ घोषित भए । त्यस्तै, आइतबार पहिलो खेलमा संखुवासभा र धनकुटाबीच हुने र दोस्रो खेल भोजपुर र सुनसरीबीच हुनेछ । आइतबार नै प्रतियोगिता समापन हुने आयोजकले जानकारी दिएको छ । 

 

मुख्यमन्त्री कप अन्तर्गत धरानमा ५ जिल्लाका विजेताहरु, इलाममा ४ जिल्लाका विजेता र उदयपुरमा ५ जिल्लाका विजेताहरु बीच लिग खेल भइरहेको छ । धरान, इलाम र उदयपुरबाट उत्कृष्ट २/२ टिम छानिएर दोस्रो चरणमा सहभागी हुनेछन् । दोस्रो चरणको विजेता टिमले अन्तर प्रदेश खेल खेल्नेछ भने अन्तर प्रदेशको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिग खेल्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *