कसैकाे प्रेममा पर्दा हुन्छ यतीका धेरै फाइदा

 

साउन १३ ।  माया भन्ने शब्द आफैमा अर्थपूर्ण छ l जसको महसुस माया गर्ने व्यक्तिलाई मात्र थाहा हुने गर्छ l माया वा ‘लभ’ले एक अर्का व्यक्तिमा सुमधुर सम्बन्ध जोड्ने मात्र नभई स्वास्थ्यमा पनि फाइदा पुर्‍याउने गर्दछ । आखिर कस्ता खालका फाइदा पुर्याउछन् त मायाले स्वास्थ्यमा ? आउनुहोस् चर्चा गरौँ यसको बारेमा l 

दीर्घायुको अवसरएक अध्ययन अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरू धेरै वर्ष बाच्ने गर्छन् । जोडीमध्ये एउटालाई समस्या पर्दा अर्कोलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ । 

null

तनाव घटाउँछकसैको मायामा पर्नु वा मन पराउनु निकै रमाइलो अनुभूति हो । जसले तनाव हटाई खुसी प्रदान गरी बिन्दास भएर बाँच्न पनि सिकाउने गर्दछ l 

कमजोरीबाट पनि बचाउँदछ अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरूमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रूपमा कम हुन्छ । यसको निश्चित कारण पत्तो नलगाएता पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने गर्छन् । 

डिप्रेसन जित्ने शक्तिमाया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ । एक अध्ययन अनुसार मायाले इन्ड्रोफिन्स लगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पुर्‍याउँछ । जसले गर्दा शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पुर्‍याउँछ । 

छालामा चमकमायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ । आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईँको छालामा चमक थपिदिन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *