थाइल्याण्डको सैन्य शिविरमा आक्रमण हुँदा ४ को मृत्यु

 

साउन ८, थाइल्याण्ड ।  थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिविरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन् । 

मङ्गलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेका सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।  

null

मलय मुसुलमान समूदायको बाहुल्यता रहेको सुदुर दक्षिणमा पर्ने यस इलाकामा १५ वर्षयता जारी द्वन्द्वमा परी ७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यस शिविर आक्रमणमा सेनाको एक मेजर, दुई सुरक्षा स्वयंसेवी र एक गाउँलेको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । 

यस आक्रमणमा परी घाइते भएका दुई व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र ती दुबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *