सालीसँगको सम्बन्ध लुकाउन श्रीमतीको हत्या, ४ जना पक्राउ

 

साउन १, काठमाडौं । पोखरा महानगरपालिका– १५ कान्तिपुर चोककी लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा उनको श्रीमानसहित ४ जना पक्राउ परेका छन् । 

लक्ष्मीको हत्या गर्ने उनका श्रीमान् ३५ वर्षीय रमेश नेपालीसहित, पोखरा ९ महेन्द्र पुल बस्ने भोजपुरका ३२ वर्षीय सञ्जय शर्मा, पोखरा पृथ्वीचोक बस्ने सर्लाहीका २६ वर्षीय चित रञ्जन कुमार साह र गोरखाकी १९ वर्षीय अनु परियार पक्राउ परेका हुन् । 

null

रमेशले साली नाता पर्ने अनु परियारसँगको सम्बन्ध लुकाउनका लागि श्रीमतीको हत्या गर्न भारतबाट कन्ट्रयाक किलर झिकाएको प्रहरी अनुसन्धानमा खुलेको छ । 

२७ वर्षीया लक्ष्मी असार १ गतेदेखि हराइरहेकी थिइन् । २५ दिनपछि उनको शव पोखरा–२२ कर्कले जंगलमा भेटिएको थियो । 

सुरुमा रमेशले नै श्रीमती हराइन्, खोजिदिन भन्दै प्रहरीमा उजुरी दिएका थिए । पछि घटनाको अनुसन्धान गर्दै जाँदा उनकै संलग्नता भेटिएपछि उनले नै श्रीमतीको हत्या भएको ठाउँमा पुर्याएका थिए । त्यहाँ प्रहरीले लक्ष्मीको कंकाल फेला पारेको थियो । 

उनीहरूले करिव ४ महिना अगाडि मात्र युनियन लाइफ इन्युरेन्समा लक्ष्मीको एक करोडको जीवन बीमा गराएको समेत पाइएको छ । घटनामा संलग्न तीन जना भारतीय नागरिकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *