सामाजिक सञ्जालबाट ८० लाख ठगी गर्ने ३ जना पक्राउ
२०७६ साउन १ गते

असार ३१, काठमाडौं । सस्तो मूल्यमा सामान पठाइदिने भन्दै अनलाइनबाट लाखौँ ठगी गर्ने ३ जना पक्राउ परेका छन् ।
महानगरीय महाशाखाको टोलीले मंगलबार खुशीबुबाट ३० वर्षीय आकिब जावेद, २० वर्षीय एमडी सगिर शेख र २२ वर्षीय यमदादुल मोमिनलाई ८० लाख ठगी गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।
null
महाशाखाका एसएसपी सहकुल थापाका अनुसार तारा ग्याजेट्सका सञ्चालक समेत रहेका आकिबसहित ३ जनाले सामाजिक सञ्जाल हवाट्स एप, फेसबुक, इमो, भाइबर लगायतबाट विभिन्न व्यक्तिहरुलाई विदेशी ब्रान्डका ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी लगायतका सामान सुपथ मूल्यमा उपलब्ध गराउने भन्दै ठगी गरेका हुन् ।
उनीहरूले तारा ग्याजेट्स नामको पेज समेत बनाए एक वर्षअघि देखि नै ठगी गर्दै आएको अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।
२०७६ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








