ज्ञानेन्द्रकाे कीर्तिमानी अर्धशतकमा नेपालको पहिलो जित, मलेसिया ७ विकेटले पराजित

 

साउन ८, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको छ । 

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा बुधबार भएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । 

null

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाए । कप्तान पारस खड्काले कतारविरुद्वको खेलमा चोट बोकेपछि ज्ञानेन्द्रले कप्तानी गरेका हुन् । 

टिमको कप्तानी गरेका मल्लले मल्लले २१ बलमा ५१ रन जोड्दै नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाका हुन् । मल्ल ५१ रनमा क्याच आउट भए । यस्तै प्रदीपसिंह ऐरीले ११ रन जोडे । विनोद भण्डारी १३ रनमा अविजित रहे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको खेलमा मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । यस्तै भिरनदिप सिंहले २१ रन बनाए । 

नेपालका लागि सोमपाल कामीले ३, बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए । 

मंगलबार भएको पहिलो खेलमा नेपाल कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो । 

प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । 

यस प्रतियोगिताको विजेता टोलीले असोजमा यूएईमा हुने ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्नेछ । १४ टोलीको सहभागिता रहने ग्लोबल छनौटमा शीर्ष ६ भित्र रहने टोली अष्ट्रेलियामा २०२० मा हुने विश्वकपमा छनोट हुनेछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =