हङकङलाई ६ विकेटले हराउँदै नेपाल च्याम्पियन

 

असार २४, काठमाडौं । नेपालले हङकङलाई पराजित गर्दै एसीसी यु–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

मलेसियामा भएको फाइनल प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । जितसँगै नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ । 

null

क्वालालम्पुरस्थित किनरारा ओभलमा हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । 

नेपालका लागि पवन सरार्फले ३६ बलमा ५ चौका र १ छक्काको मदतले सर्वाधिक ३९ रन बनाएका थिए । खड्गबहादुर बोहरा ८ रनमा पोविलियन फर्किए । यस्तै रोहित कुमार पौडेलले १२ रन बनाए । 

१४ बल खेलेका रितले २ चौका प्रहार गरेका थिए भने कप्तान रोहित कुमार पौडेलले १२ रन जोड्दा भीम सार्की ७ रनमा अविजित रहे । 

हङकङका रौनक कपुरले २ विकेट लिए भने मोहम्मद हसन खान र मोहम्मद हसनले १–१ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै मात्र ९५ रन बनाएको थियो । 

हङकङका लागि आदित गोरावाराले २४ रन जोडे भने काल्हन चल्लुले १९ रन बनाउँदा रौनक कपुरले १२ रन बनाए । 

हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए । 

यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए भने कुशल मल्ल र तिलक राज भण्डारीले एक–एक विकेट लिए । 

उपाधि सहित एसिया कपमा छनोट नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 6 =