जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना अस्पताल भर्ना

 

असार २८, कैलाली । कैलालीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना अस्पताल भर्ना गरिएको छ । 

विषालु च्याउ खाएपछी बिरामी परेको एकै परिवारका पाँच सदस्यलाई शुक्रबार राति कैलालीको भजनी अस्पतालमा भर्ना गरिएको हो । 

null

विषालु च्याउ खएर कैलालीको भजनी नगरपालिका ३ का ३६ वर्षीया रतिदेवी चौधरी, ४० वर्षीय राम दुलारी चौधरी, ६७ वर्षीया सीतारानी चौधरी, २२ वर्षीय राजेश चौधरी र २० वर्षीया सुष्मा चौधरी विरामी परेपछि अस्पताल भर्ना गरिएको  यस अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले जानकारी दिएका छन् । 

भर्ना गरिएका विरामीको स्वास्थ्य अवस्था खतरामुक्त भएको  डाक्टर देवकोटा बताउँछन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *