बल्खु र कालीमाटी तरकारी बजारमा वाणिज्य विभागको आकस्मिक अनुगमन

काठमाडौं, ३ साउन । बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ । तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । 

 

अनुगमनका क्रममा कालिमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई अनुगमन टोलीले कारबाही सिफारिस गरेको छ । बिलबिजकबिनै कारोबार गरेको तथा बिचौलियको काम गरेको भेटिएपछि टोलीले कारबाही सिफारिस गरेको हो । 

null

किसानसँग तरकारी खरिद गरेको बिल बिजकबिनै बजारमा तरकारी तथा फलफूलको बिक्री वितरण भइरहेकाले कति मूल्य बढाइएको हो भन्ने यकिन गर्नै नसकिएको अनुगमनमा खटिएका विभागका कर्मचारी बताउँछन् । बाढी र पहिरोलाई कारण देखाउँदै पछिल्लो केही दिनदेखि तरकारी तथा फलफूलको मूल्य एक्कासि बढाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =