नेपाल मलेसियासँग भिड्दै (लाइभ)

काठमाडौं, २९ असार । मलेसियासँगको २ खेलको मैत्रिपूर्ण टि २० क्रिकेट शृ‌ंखला अन्तर्गतको दोस्रो खेल अहिले क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा भइरहेको छ । खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । प्रारम्भिक ब्याट्सम्यानको रुपमा कप्तान पारस खड्का र पवन सर्राफ मैदानमा उत्रिएका छन् । नेपालले शनिबार भएको पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।नेपालको जितमा कप्तान पारस खड्का नायक बनेका थिए । पारसको अविजित ८६ रनको मद्दतमा नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष ९ बल अगावै भेट्टाएको थियो । साउन ६ देखि सिंगापुरमा हुने टी २० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =