कप्तान पारसद्वारा मलेसियाविरुद्धको जित बाढीपहिरो प्रभावितमा समर्पित

 

असार २९, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मलेसियाविरुद्धको टी–२० सिरिजको जित बाढीपहिरो प्रभावितहरुमा समर्पित गरेका छन् । 

समर्थकहरुलाई धन्यवाद दिँदै कप्तान पारसले आफ्नो जित बाढीपहिरो प्रभावितमा समर्पित रहेको बताएका हुन् । 

null

दुई खेलको सिरिजमा २–० ले क्लिन स्विप गरेको नेपालका लागि यो राम्रो जित भएको कप्तान खड्काको भनाइ छ । 

नेपालले मलेसियाविरुद्ध पहिलो खेल ७ विकेटले जितेको थियो भने दोस्रो खेलमा ६ रनको जित निकालेको थियो । उनले नेपालको जितमा टिमका सबैको महत्वपूर्ण योगदान रहेको बताए । 

Good win last couple of days..Great effort from everyone..Thank you all for the support..Our victory dedicated to the all people who have lost lives and been affected by the floods and landslides..Jai Nepal …!! pic.twitter.com/3lSnvJEWqX 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *