यू–१९ एसिया कप छनौटः नेपाल सेमिफाइनलमा प्रवेश, चीन प्रतियोगिताबाट बाहिरियाे

 

असार १८ काठमाडौं । मलेसियामा जारी यू–१९ एसिया कप क्रिकेटको छनौट खेलमा नेपालले शानदार सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा नै नेपालले चीनलाई १० विकेटले हराएको छ । 

चीनले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्यो । जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

null

नेपालका लागि पवन सरार्फले विस्फोटक ब्याटिङ गरे । २१ बलमा ४६ रन बनाएका सरार्फले ६ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको चीनले २३।१ ओभरमा सबै विकेट गुमाएर ५३ रन जोडेको थियो। 

नेपालका सागर ढकालले ६ र तिलक भण्डारीको नाममा ३ विकेट लिएपछि चीन सो स्कोरमा समेटिएको हो। 

समुह चरणको पहिलो खेलमा सिंगापुरले चीनलाई हराएको थियो । दुवै खेलमा पराजित हुँदै चीन प्रतियोगिताबाट बाहिरिएको छ । 

समुह चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर भिड्नेछन् । सोही खेलले समुह विजेता टोलीको टुङ्गो लगाउनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =