‘टिम अफ दि कोपा’ मा किन परेनन् मेस्सी ?
२०७६ असार २६ गते

असार २६ काठमाडौं । ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलको ड्रिम टिम ‘टिम अफ दि कोपा’ सार्वजनिक भएको छ ।
कोपा अमेरिकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर टिम अफ दि कोपाको घोषणा गरेका छन् ।
null
कोपा टिममा ब्राजिलका खेलाडीको बाहुल्यता रहेको छ । तर, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी टिममा परेका छैनन् ।
ब्राजिलबाट पाँच खेलाडी परेका छन् । ब्राजिलका गोलकिपर एलिसन बेकर, डिफेन्डर डानी अल्भेस, थियागो सिल्भा, मिडफिल्डर अर्थुर मेलो र फरवार्ड एभर्टन रहेका छन् ।
यस्तै पेरुका डुओ मिगुएल ट्रौको र पाओलो गुएरेर्रो, चिलीका अर्टुरो भिडाल, अर्जेन्टिनाका लियोनार्दो परेडेस, उरुग्वेका डिफेन्डर जोसे गिमिनेज र कोलम्बियाका जेम्स रोड्रीगेज टिममा परेका छन् । एजेन्सी
२०७६ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








