जनजाति महासंघ धरानको अगुवाईमा सिटी जुलुस प्रदर्शन

असार ३१, सुनसरी । नेपाल आदिवासी जनजाति महासंघ नगर परिषद् धरानको अगुवाईमा आईतबार राके जुलुस निकाल्न नपाउँदै सोमबार फेरी विरोध स्वरुप सिटी जुलुस प्रदर्शन गरिएको छ । सदिऔंदेखि नेपाल आदिवासी जनजाति, दलित, मुस्लिम, अपाङ, महिला र पिछडा वर्गहरुले लोकसेवा आयोगमा पाउँदै आएको आरक्षण सिटहरूलाई संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले सूचना प्रकाशित गरी नेपालभित्रै बसोवास गर्ने नेपालीहरूलाई सरकारले अपहेलना गरेको कारणले केन्द्रिय कार्यक्रम अन्तर्गत आफूहरूले चरणबद्ध आन्दोलन गर्न बाध्य भएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुवास हुक्पा चोङवाङले बताए । 

 

संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले प्रकाशित गरेको असमावेशी विज्ञापन र प्रक्रिया तुरुन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनः प्रकाशित गराउनका लागि विभेदकारी सरकारको विरुद्धमा आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रले असार २९ गते दोस्रो चरणको आन्दोलन अनुसार मसाल जुलुस निकालिएको हो । 

null

 

त्यस्तै ३० गते सोमबार सिटी जुलुस, ३१ गते जुलुस सहित विशाल रयाली प्रदर्शनी गर्नुका साथै साउन २ र १० गते नेपाल बन्द गरी थप आन्दोलनका कार्यक्रमहरू अगाडी बढाइएको छ । धरान उपमहानगरपालिका अगाडि रहेको गेटमा भेलाभई सिटी फुकेको जुलुस छाताचोक हुँदै भानुचोकमा कोणसभामा परिणत भएको थियो । 

भानुचोकमा सम्पन्न सो कोण सभामा जनजाति, आदिवासी, दलित, अपाङ्ग, मधेशी, मुस्लिम, पिछडा वर्गका अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघीय लिम्बुवान मञ्चका सुनसरी अधयक्ष सरस्वती सुब्बा, संघीय समाजवादी धरान नगर अध्यक्ष ताजुव लिम्बू, दलित अभियन्ता रमेश गजमेर, महासंघका पूर्व अध्यक्ष सुजेन्द्र तामाङलगायतले बोलेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =