एकैपटक २३४ न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)
२०७६ साउन ३ गते

साउन २, काठमाडौं । एकैपटक २ सय ३४ न्यायाधीशको सरुवा भएको छ ।
न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च र जिल्ला अदालतका गरी २ सय ३४ न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
null
न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गरेका हुन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेका हुन्।
सरुवाअनुसार उच्च अदालत सुर्खेतका न्यायाधीश तेजबहादुर कार्की उच्च अदालत पाटनमा तानिएका छन् । त्यस्तै उच्च अदालत जनकपुरका न्यायाधीश शिवनारायण यादवको उच्च अदालत तुलसीपुरमा सरुवा भएको छ भने धनुषा जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको सुनसरी जिल्ला अदालतमा सरुवा भएको छ ।
२०७६ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








