बससँग दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु, २५ बढी घाइते

 

असार १५, काठमाडौँ । धादिङमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर स्थित पृथ्वी लोकमार्गमा एकापसमाा ठोक्किँदा २ जनाको मृत्यु भएका हो । 

null

मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ रहेका छन् । मृतक युवतीको भने पहिचान खुल्न सकेको छैन । उनीहरुको शव गजुरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ । 

प्रहरीले बा३ख १००४ नम्बरको बसका चालक नवलपरासी मध्यबिन्दु नगरपालिका ७ का २७ वर्षका रबिन खड्कालाई जोगिमारा प्रहरी चौकीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ । 

दुर्घटनाको कारण खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =