भारत र न्युजिल्यान्डबीचको खेल वर्षाले प्रभावित, आज पुनः खेल हुने
२०७६ असार २५ गते

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित बनेको छ । ओल्ड ट्राफोर्डमा वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन बुधबार अर्थात आज यही ओभरबाट पुनः खेलाइने भएको हो ।
वर्षाले खेल रोकिनु अघि टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो । न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन् । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए ।
null
भारतका लागि जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान एक एक विकेट हात पारेका छन् ।
२०७६ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








