युवती बलात्कारको आरोपमा नेपाल प्रहरीका असई पक्राउ
२०७६ साउन ४ गते

साउन ३, रौतहट । २० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटस्थित नेपाल प्रहरीका असई राजेन्द्र साह रहेका छन् । पीडित पक्षको लिखित जाहेरीपछि उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको हो ।
null
बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत असई साहलाई असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख (डिएसपी) कवित कट्वालले जानकारी दिए ।
थप अनुसन्धान अघि बढाइएको उनले बताए ।
२०७६ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








