पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी

तनहुँ, ३ साउन । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रिसिङ–१, घर भई हाल व्यास ७ पल्लो नरंगा बस्दै आएका १९ वर्षीय नवीन थापाले छिमेकी बालिकामाथि बुधबार राति जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

 

घरमा खेल्दै गरेको अवस्थामा बालिकालाई फकाएर थापाले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै पीडित बालिकाले हजुरआमालाई आफूमाथि भएको घटनाबारे जानकारी गराएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । 

null

पीडित बालिकाको दमौली अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका थापाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =