धनगढीको होटलमा बम विस्फोट, ५ जना गम्भीर घाइते

 

साउन २, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित एक होटलमा बम विस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका छन् । 

धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा साँझ ७ बजेतिर विस्फोट हुँदा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका हुन् । 

null

घाइतेहरूको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । 

विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *