विश्वकप क्रिकेटमा मिचेल स्टार्कले बनाए नयाँ रेकर्ड

एजेन्सी । अष्ट्रेलियन फास्ट बलर मिचेल स्टार्क एउटै विश्वकपमा धेरै विकेट लिने खेलाडी बनेका छन् । इंग्ल्याण्ड र वेल्समा भइरहेको १२ औं संस्करणको आइसीसी विश्वकप क्रिकेटमा बिहीवार दोस्रो सेमिफाइनलमा घरेलु टोली विरुद्ध १ विकेट लिने बितित्कै स्टार्कले उक्त रेकर्ड आफ्नो नाममा बनाएका हुन् । स्टार्कले इंग्ल्याण्डका जोनी बेयर्स्टोवलाई एलबिडब्लु आउट गर्दै रेकर्ड बनाएका हुन् ।
इंग्ल्याण्डको १ विकेट लिएपछि यस विश्वकपमा स्टार्कको विकेट संख्या २७ पुगेको छ । सन् २००७ मा अष्ट्रेलियाकै ग्लेन म्याग्राले २६ विकेट लिँदै रेकर्ड बनाएको थिए । १२ वर्षपछि अष्ट्रेलियाकै अर्का खेलाडीले उक्त रेकर्ड तोडेका हुन् । अष्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्याण्डले उत्कृष्ट ब्याटिङ गरिरहेको बेला स्टार्कले पहिलो विकेट लिएका हुन् ।
null
आजको खेलमा स्टार्क महँगा सावित भएपनि उनले ज्यासन रोए र वेयर्स्टवका साझेदारी तोडेका हुन् । स्टार्कले ९ ओभरमा ७० रन खर्चेर १ विकेट लिएका छन् । सन् २०१५ मा घरेलु भूमिमै भएको विश्वकपमा खेलेका स्टार्कले त्यसबेला २२ विकेट लिएका थिए । विश्वकपमा उनको कूल विकेट संख्या ४९ पुगेको छ र उनी सर्वाधिक विकेट लिनेमा श्रीलंका चामिन्दा भाससँगै पाँचौ स्थानमा छन् ।








