ट्रक ब्यवसायीहरुद्धारा साउन १ देखि सेवा ठप्प गर्ने चेतावनी

विराटानगर, २७ असार । ट्रक यातायात तथा ढुवानी ब्यवसायीहरुले आगामी साउन १ गतेदेखि सेवा ठप्प गर्ने चेतावनी दिएका छन् । सरकारले साउन महिनाबाट ढुवानी भाडामा भ्याट र भिसिटिएस सिस्टम लागु गर्ने भएपछि ब्यवसायी विरोधमा उत्रिएका हुन् । सरकारले आर्थिक वर्ष २०७६/ ७७ को बजेट भाषणबाट साउन १ गतेदेखि भेइकल एण्ड कन्साइन्मेन्ट ट्रेकिङ सिस्टम भिसिटिएस लागु गर्ने घोषणा गरिसकेको छ । सरकारले ल्याउन लागेको भ्याट र भिसिटिएस सिस्टम ब्यवहारिक नभएको भन्दै ब्यवसायीले विरोध जनाएका हुन् । 

सरकारले ल्याएको भिसिटिएस सिस्टम लागु भएपछि प्रत्येक ढुवानीकर्ताले आफुले लोड अनलोड गर्ने सामानको विवरण भरेर राजश्व अनुसन्धान विभागले दिने युजर प्यान कोड सहित अनलाईन फारम भर्नुपर्ने हुन्छ । ढुवानी सेवामा आबद्ध मजदुर र चालकहरु सामान्य लेखपढ गर्न मात्र जान्ने भएकाले बिल, बिल्टी, चालकको लाइसेन्स र मालसामान सहितको सम्पुर्ण विवरण अनलाईन मार्फत भर्न समस्या हुने उनिहरुको तर्क छ ।विराटनगर ट्रक ब्यवसायी संघका अध्यक्ष मेघराज सिग्देलले सरकारले सरोकारवालासंग आवश्यक परामर्श र छलफल नगरि अव्यवहारि नियम लागु गर्न खोजेपछि ब्यवसायी सेवा ठप्प गर्न बाध्य भएको जानकारी दिए । अध्यक्ष सिग्देलले ढुवानी सेवा अधिकांश रुपमा स्वरोजगार मुलक पेशाको रुपमा संचालनमा रहेको बताउनु हुंदै ब्यवसाय गरेवापत ट्रक ब्यवसायीले टिडिएस बुझाउदै आएको बताए ।एउटा ट्रक धनीले सम्पुर्ण कर र ट्याक्स सहित बार्षिकरुपमा २ लाख ३९ हजार बुझाउदै आएको उनको दाबी छ । प्रदेश १ मा पाँचसय बढी ढुवानी ब्यवसायी छन् भने ५ हजार बढी ट्रक संचालनमा रहेको जनाइएको छ । व्यवसायीहरुले सरकारले लागू गर्न लागेको नियम अव्यवहारिक भएको भन्दै प्रदेश सरकार र संघीय सरकारमा समेत ज्ञापन र ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *