किन बन्द भयो ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम ?

 

साउन २, काठमाडौं । नेपाल टेलिभिजनमा हरेक बुधबार साँझ प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम एक वर्षको अवधिपछि बन्द भएको छ । 

राजधानीमा बुधबार आयोजित एक कार्यक्रमका बीच सञ्चालक मनोज पाण्डेले कार्यक्रम बन्द भएको घोषणा गरेका हुन् । 

null

२०७५ साल साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त कार्यक्रम धेरै पटक विवादमा तानिएको थियो । कतिले प्रधानमन्त्रीले आफ्नो समर्थनका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको आरोप पनि ल्याएको पनि आरोप लगाएका थिए । 

 

‘कथा नेपाल’ ले प्रस्तुत गर्दै आएको उक्त कार्यक्रममाथि नेपाल टेलिभिजनलाई लाखौँको घाटा भएको, उसको समय बापत रकम नतिरेको, आफू खुशी विज्ञापन संकलन गरेको पनि आरोप लाग्दै आएको थियो । 

उक्त कार्यक्रमको अन्त्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भब्य रुपमा सुरु भएको कार्यक्रमको भव्य नै रुपमा अन्त्य भएको भन्दै उक्त कार्यक्रममार्फत् आफ्ना विचार र जनताका आकांक्षा प्रस्तुत भएको बताए । सरकारका उपलब्धिहरु जनताबीच पुर्याउने प्रयास भएको उनको भनाइ छ । 

सञ्चालक मनोज पाण्डेले सरकारले नीति कार्यक्रम तथा बजेट, जनजीविकाका मुद्दा, प्रधानमन्त्रीका सपना र घोषणाको पृष्ठभूमिलाई ध्यानमा राख्दै ५० अंक निकालेको बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *