होटलमा प्रहरीको छापा: व्यवसायी भन्छन्-‘होटलमा यौन सम्बन्ध राख्दा प्रहरीले किन टाउको दुखाउनु ?’

 

साउन १, चितवन । चितवनका होटल, लज तथा रेस्टुरेन्टहरुमा प्रहरीले छापा मारेको प्रति यहाँका व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । 

वेश्यावृत्ती निरुत्साहित गर्ने लक्ष्यका साथ जिल्ला प्रहरी कार्यालयले चितवनमा रहेका होटल, लज तथा रेस्टुरेन्टहरुमा यही असार ३० गते दिउँसै छापा मारेको थियो । गुण्डागर्दी शैलीमा छापा मारेको भन्दै होटल व्यवसायी संघ चितवनले बुधबार पत्रकार सम्मेलन गरी प्रहरीको विरोध गरेको हो । 

null

होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु वरालले होटल अनुगमन गर्ने प्रहरीको शैली राम्रो नभएको बताए । क्लीन चितवन बनाउने नाममा प्रहरीले गरेको छापामार शैलीले पर्यटन वर्षलाई समेत असर गर्ने उनको भनाइ छ । 

‘वि.सं. २०७२ सालमा जारी भएको आचारसंहिता विपरित प्रहरीले छापा मारेको छ’, संघका पूर्व अध्यक्ष वरालले भने, ‘जन्मदिन मनाई रहेका युवतीहरु मात्रै रहेको समुहलाई समेत प्रहरीले पक्राउ गर्नु कत्तिको जायज हुन्छ ?’ 

आचार संहिताको बुँदा नम्वर १४ मा होटल, लज तथा गेष्ट हाउस चेकजाँच गर्न जानु पर्ने भएमा कम्तीमा अधिकृत स्तरको प्रहरीको कमाण्डमा जाने र उक्त टोलीले अनिवार्य रुपमा काउण्टरमा रहेका इन्ट्रीवुक हेरी शंका लागेको कोठमा सम्बन्धित व्यवसायीको प्रतिनिधीको रोहवरमा खानतलासी गरी थप अनसन्धान गर्नु पर्ने भए मात्र प्रहरी कार्यालय लैजाने छ । सम्पूर्ण छानविन गरि दोषी ठहरिएकालाई मात्र सार्वजनिक गरिने छ भन्ने उल्लेख छ । 

तर यस वुँदालाई लत्याउँदै प्रत्येक कोठा कोठामा पुगि गुण्डागर्दी शैलीमा छापा पारेको व्यवसायीको आरोप छ । प्रहरीको छापामार शैलीले जिल्लाको भण्डारादेखि नारायणघाट हुँलै शिवघाट सम्मको व्यवसायीलाई त्रसित गराउने गरी जिल्लानै असुरक्षित रहेको सन्देश बाहिर जाने काम भएको संघका पूर्व अध्यक्ष वरालको दाबी छ । 

प्रहरीले असार ३० गते वेश्यावृत्तीमा सलग्न रहेको आशंकामा १२ जना होटल संचालकसहित ९७ जनालाई पक्राउ गरि छाडेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का उपाध्यक्ष राजन गौतमले प्रहरीको शैलीले जिल्लालाई नै बदनाम गराउने काम भएको बताए । 

पत्रकार सम्मेलनमा होटल रोयल सेन्चुरीका संचालक सुवास प्रधानले होटलमा आएर यौन सम्बन्ध राख्दा प्रहरीले टाउको दुखाएको प्रति प्रश्न गरे । होटल व्यवसायी संघका संस्थापक अध्यक्ष रहेका प्रधानले आफुले व्यवसायीको नाताले पत्रकारको जिज्ञासामा जवाफ दिएको उल्लेख गर्दै यौन मानविय आवश्यकता रहेको औल्याउँदै होटलमा आएर यौन स्थापित गर्दा प्रहरीलाई आपत्ति जनाउन नपर्ने बताए । 

‘सडकमा यौन सम्बन्ध राखेको पो विकृती । होटल र लजमा यौन सम्बन्ध राख्दा प्रहरीले किन टाउको दुखाउनु ?’, उनले प्रश्न गरे । 

प्रहरीको शैली प्रति उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, चेम्वर अफ कमर्स, क्षेत्रीय होटल संघ सौराहा, क्षेत्रीय रेवान सौराहा, रत्ननगर उद्योग वाणिज्य संघले ऐक्यवद्धता जनाएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानवहादुर मल्लले वेश्यावृत्ती मौलाएको भन्ने सुचनाका आधारमा जिल्लाका होटल, लजहरुमा छापा मारेको बताए । त्यस्ता प्रवृत्ती अन्त्यका लागि प्रहरीले अहिले सुक्ष्य अध्ययन गरिरहेको उनको भनाई छ । 

‘तत्कालका लागि हामी अप्रेसन गर्दैनौँ । सुक्ष्म अनुगमन गरेर विकृती भए नभएको खोजि गरेका छौँ’, उनले भने । आचारसंहितालाई उल्लंघन नगरेको दावी गर्दै एसपी मल्लले अनुगमन गर्न जानुअघि प्रहरीलाई अनुशिक्षण दिनु पर्ने भन्ने केही अनुभव गरेको बताए । वेश्यावृत्ती, लागुऔषध, गुण्डागर्दी विरुद्ध कसैसँग सम्झौता नगर्ने एसपी मल्लको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *