विप्लव कार्यकर्ताद्वारा वडा कार्यालयमा आगजनी, प्रहरी निरीक्षक गम्भीर घाइते
२०७६ असार २४ गते

बर्दिया, २४ असार । मंगलबार बिहान गेरुवा गाउँपालिकाको ६ नम्बर वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन् । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको समूहले लगाएको आगो निभाउन जाँदा प्रहरी निरीक्षक यम बहादुर मल्ल गम्भीर घाइते भएका हुन् ।
आगो निभाउने क्रममा छत खस्दा ईलाका प्रहरी कार्यालय पाताभारमा कार्यरत मल्लको टाउँकोमा गम्भीर चोट लागेको छ भने करङको हड्डी भाचिएको छ । गम्भीर घाइते प्रहरी निरीक्षक मल्लको नेपालगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
null
२०७६ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








