प्रधानाध्यापकसहित विद्यालयमै रक्सी पार्टी

 

साउन १, चितवन । तनहुँको व्यास नगरपालिकाले नगर सभामै रक्सी पार्टी गरेको घटना सेलाउन नपाउँदै चितवन रत्ननगरको एक विद्यालयमै प्रधानाध्यापकसहितको एक टोली रक्सीमै मातिएको अवस्थामा फेला परेको छ । 

रत्ननगर ९ स्थित कपरफाेरी माध्यमिक विद्यालयमा प्रधानाध्यापक विष्णु कट्टेलसहितको टोलीले विद्यालय भित्रै रक्सी पाटी गरेको पाइएको हो । 

null

शिक्षा दिने ठाउँमै यस्तो विकृती देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रधानाध्यापक कट्टेलसहित सहायक प्रधानाध्यापक कृष्ण विलास ढुंगाना, लेखा अधिकृत वालकृष्ण पौडेल, व्यवस्थापन समितिका पदाधिकारी वलराम वगालेलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । 

 

विद्यालय पुग्दा उनीहरु मादक पदार्थ सेवन गरिरहेको अवस्थामा रक्सीका वोतलहरु फेला परेको उनले बताए । विद्यालयको नवनिर्मित भवनको कोठामा उनीले मापसे गरेका थिए । 

विद्यालयमै प्रधानाध्यापक सहितको टोलीले मापसे गरेको समाचार बाहिर आएपछि अहिले रत्ननगर तरंगित भएको छ । सामाजिक सञ्जालहरुमा उनीहरुको कडा आलोचना भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *