होटेलको कोठामा झुन्डिएको अवस्थामा एक युवक फेला

दाङ, ३ साउन । दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षिय रमेश हमाल होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

 

हमाल एक युवतीसँगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल संचालकले जानकारी दिएका छन् । हमालसँगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ । 

null

युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । उनले यो भन्दा अगाडि मृतक हमालसँग डिभोर्स गर्ने सर्तमा ५ लाख रुपैंया लगेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =