बस र भ्यान ठोक्किँदा एकको मृत्यु, १३ जना घाइते

 

साउन २, पथरी । मोरङको पथरीशनिश्चर्य नगरपालिका वडा नम्बर १ र १० को सिमानामा पर्ने पथरी बजारमा बस र भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

बिहीबार पश्चिमबाट पूर्व जाँदै गरेको को१ख ८४४२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको मे१च ५३९१ नम्बरको म्याजिक भ्यानसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका हुन् । 

null

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *