‘इक्यानको शैक्षिक मेला विद्यार्थीको भविष्य बनाउने गोरेटो हो’

गुणस्तरीय शिक्षाको खोजीमा वर्षेनी हजारौं विद्यार्थी विदेशिइरहँदा शैक्षिक परामर्श ब्यवसायीलाई नेपाली विद्यार्थी पलायन गराएको आरोप लाग्ने गरेको छ । तथापि, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डे भने यो कुरा मान्न तयार छैनन् । उनी नेपाली विद्यार्थीले विश्व बजारमा गएर उच्च शिक्षा हासिल गर्दा आफ्नो र मुलुकको विकासमा समेत टेवा पुगेको तर्क गर्छन् । 

हरेक वर्ष इक्यानले आयोजना गर्ने बृहद् शैक्षिक मेलाको १३ औं संस्करण यहि असार २६ गतेदेखि हुँदैछ । भृकुटीमण्डपमा हुने चारदिने शैक्षिक मेलाले दिने सन्देश, नेपाली विद्यार्थी विदेशिनुको कारण, त्यसले दिने अवसर र त्यसले निम्त्याएको समस्या तथा शैक्षिक परामर्श ब्यवसायका विविध विषयमा अध्यक्ष पाण्डेसँग गरिएको कुराकानी: 

 

null

                                                                         नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे 

१३ औं इक्यान शैक्षिक मेलाको तयारी के भइरहेको छ ?  

नेपाल शैक्षिक परामर्श संघ इक्यानले वर्षेनी आयोजना गर्ने शैक्षिक मेलाको १३ औं संस्करण विगतको भन्दा भब्य, सभ्य तथा प्रभावकारी बनाउन जोडतोडका साथ कामहरु भइरहेको छ । असार २६ गतेदेखि हुन गइरहेको शैक्षिक मेला विगतमा भइरहेका शैक्षिक मेलाभन्दा फरक, विशिष्ट तथा प्रभावकारी शैक्षिक मेला हुन्छ । 

यसपटक विगतका परम्परागत प्रणालीलाई चिर्दै नयाँ ढंगले शैक्षिक मेला ब्यवस्थापन हुनेछ । शैक्षिक मेला ब्यवस्थापनको जिम्मा वल्र्ड विजनेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्टले लिएको छ । यसपटक शैक्षिक मेलालाई फाइभ स्टार लेवलमा सञ्चालन गर्ने तयारी गरेका छौं । 

हरेक वर्ष इक्यानले आयोजना गर्ने शैक्षिक मेलाको छुट्टै विशेषता र महत्व छ । यो मेला उच्च शिक्षाकालागि विदेश जाने सोच बनाइरहेका विद्यार्थीका लागि मात्र हैन, ती सबै विद्यार्थीका लागि महत्वपूर्ण छ जो कक्षा १२ पास गरीसकेपछि ‘अब कसरी अगाडी बढ्ने, कस्तो शिक्षा कहाँ कसरी पढ्ने ?’ भनेर अलमलमा परेका छन् । यो शैक्षिक मेला ती विद्यार्थीका लागि हो, जो गुणस्तरीय शिक्षाका लागि चिन्तित छन् । 

यो मेला ती अभिभावकका लागि हो जो आफ्ना बालबच्चाले विश्वसँग प्रतिष्पर्धा गर्ने शिक्षा हासिल गरुन र भविष्यमा आफुभन्दा अब्बल बनुन भन्ने सोच राख्छन् । तसर्थ इक्यानले सञ्चालन गर्ने मेला औपचारिकताका लागि मात्रै हुँदैन । यसले विद्यार्थी अभिभावकलाई भोलीको सुन्दर र सुरक्षित भविष्य निर्धारणको गोरेटो तय गर्ने माध्यम हो । 

इक्यानले आयोजना गर्ने मेलाको उद्देश्य एकै छानामुनी विश्वका उत्कृष्ट शिक्षा प्रणाली भएका देशका युनिभर्सिटी र कलेजलाई भेला गरेर विश्वको शिक्षा प्रणाली, पाठ्यक्रम, शिक्षणविधि त्यहाँका आधिकारिक प्रतिनिधि र मान्यता प्राप्त काउन्सलरबाट विद्यार्थी अभिभावकलाई जानकारी दिनु हो । यसका अलावा विद्यार्थीको शैक्षिक, आर्थिक, मानसिक अवस्था हेरेर उनीहरुलाई सहि परामर्श दिनु हो । 

कक्षा १२ पास गरेको विद्यार्थीलाई कुन विषय कहाँ कसरी पढ्ने ज्ञान हुँदैन । उनीहरुको भोलीको करियर सुरक्षित र राम्रो बनाउन सहि काउन्सलरको आवश्यक हुन्छ । इक्यानले सञ्चालन गर्ने शैक्षिक मेलामा विद्यार्थी आउँदा उनीहरुले दक्ष अनुभवी र मान्यता प्राप्त काउन्सलरबाट करियर काउन्सेलिङ समेत पाउने भएकोले उनीहरुको भविष्य निर्माणमा सहयोग पुग्छ । 

शैक्षिक मेलामा एक सय भन्दा बढि कन्सल्टेन्सी तिनका शैक्षिक परामर्श दाता तथा विदेशी कलेजहरुको उपस्थिति रहने भएकोले विद्यार्थीलाई शैक्षिक परामर्श दातृले दिएको सुचना कत्तिको सत्य तथ्य छ भन्ने क्रस गर्ने उपयुक्त माध्यम पनि हो । 

इक्यानमा आबद्ध शैक्षिक परामर्श ब्यवसायीले विद्यार्थीलाई ‘विदेश जाउ विदेश जाउ’ भनेर कहिल्लै भनेको छैन र भन्दैन पनि । हाम्रो उद्देश्य भनेको विद्यार्थीलाई विश्वको शिक्षासँग परिचित गराउने र उनीहरुको शैक्षिक, आर्थिक योग्यता अनुसार विश्व बजारमा गएर प्रतिष्पर्धा गर्दै उत्कृष्ठ शिक्षा हासिल गर्न सहजीकरण गर्नु हो । 

हामी विद्यार्थीलाई विश्वका उत्कृष्ट देशका उत्कृष्ट कलेजमा पुर्याउनका लागि सहजकर्ताको भूमिका मात्र निर्वाह गर्दछौं । कुन देशको शिक्षा कस्तो छ, कलेज तथा विश्वविद्यालय कस्ता छन् ? कस्तो विषय अध्ययन गर्दा स्वदेश र विदेश दुवै तर्फ करियर बनाउन सकिन्छ ? भन्ने काउन्सेलिङ गर्दै विद्यार्थी र कलेज विच पुलको काम गर्नु शैक्षिक परामर्श ब्यवसायीको उद्देश्य हो । 

केहि महिनाअघि अस्ट्रेलियामा घटेको घटनालाई इङिगत गर्दै हुनुहुन्छ । जुन भवितब्य थियो । त्यो घटना हामी परामर्श ब्यवसायीको गल्तीका कारण नभइ अस्ट्रेलियाको शिक्षा प्रणालीमा आएको परिवर्तनले निम्तिएको थियो, जुन समाधान भइसकेको छ । अब पुनः त्यहि कुरालाई अतिरञ्जित गर्नुको अर्थ छैन । अब कुरा गरौं सबै कन्सल्टेन्सीले कलेज र विद्यार्थीविच सम्बन्ध स्थापित गर्न पुलको मात्र काम गर्दैछन् त ? भन्ने कुरा । जसरी एउटै हातका पाँच औंला बराबर हुँदैनन् सबै ब्यवसायीले पनि बराबर इमान्दार भएर काम गरेको भन्न सक्दिन । तथापि, इक्यानमा आबद्ध परामर्श ब्यवसायीहरु राज्यको नियम कानुन र परिधीमा रहेर ब्यवसाय गरीरहेका छन् । इक्यानका सदस्य संस्था भन्दा बाहिर रहेका संस्थाहरुमा समस्या देखिएको छ । 

शैक्षिक परामर्श ब्यवसायलाई मर्यादित बनाउँदै विद्यार्थी अभिभावकको जिवन तथा लगानी सुरक्षित गर्न इक्यानले नेपाल सरकारका नियामक निकायसँग बारम्बार भन्दै आएको छ कि, सञ्चालनमा आएका सबै शैक्षिक परामर्श संस्थालाई राज्यको नियम कानुनभित्र ल्याउनु पर्यो । शैक्षिक परामर्श भन्दै मेनपावरको काम गर्ने, विद्यार्थी भिसामा अस्ट्रेलिया, अमेरिका, न्युजलेण्ड, क्यानडा, युरोप, जापान पठाइदिने भन्दै लाखौं ठग्नेलाई कानुनी दायरामा ल्याउनु पर्यो भनेर पहिले राज्यलाई सचेत गराउने इक्यान हो । जतिबेला राज्यसँग परामर्श ब्यवसायलाई नियमन गर्ने कानुन थिएन इक्यानले आफ्ना सदस्यलाई आफ्नै ‘कोड अफ कन्डक्ट’ बनाएर लागू गर्ने काम गरेको छ । राज्यलाई यो क्षेत्रमा नियमन गर्न घच्घच्याएको छ । 

यसमा राज्यकै कमजोरी मान्दछु म । राज्यले यो क्षेत्रका बारेमा पर्याप्त अध्ययन नगरीकनै नियम कानुन बनाउने काम गर्यो । समय अनुसार कानुन बनाउँदै यो क्षेत्रलाई स्वच्छ र मर्यादित रुपमा चलाउन नियमित अनुगमन गरेको भए विक्रिति आउने थिएन । तथापि, यहाँले भनेजस्तो पुरै विग्रिसकेको छैन । अझैपनि सुधार्न सकिन्छ । हामीले राज्यलाई धेरै अगाडी यो क्षेत्रलाई सुधार्न यी–यी कुरा गर्नुपर्छ भनेर लिखित रुपमा सुझाब दिएका थियौं । तर, त्यो सुझाबलाई टोकरीमा मिल्काउने काम भयो । र, राज्य हामीप्रति कठोर बन्दै गयो । 

शैक्षिक परामर्श ब्यवसायलाई सम्बाेधन गर्न बनेको विधेयक चाहिने भन्दा कठोर आयो । ब्यवसाय नै बन्द गर्नुपर्ने जस्तो ठानियो । अनुगमनका नाममा शैक्षिक परामर्श ब्यवसायीलाई धरपकड गर्ने, कार्यालयमा ताला लगाइदिने, कागजात नियन्त्रणमा लिई अपराधीलाई जस्तो गर्ने ब्यवहार भयो । विदेशी लगानी भित्र्याउने नाममा शैक्षिक परामर्श क्षेत्रमा समेत विदेशी लगानी भित्र्याउने काम भयो । 

मैँले शतप्रतिशत कन्सल्टेन्सी निर्दोष छन्, उनीहरुको भूमिका छैन कदापि भनेको हैन । तर, राज्यले जसरी ब्यवसायीलाई त्रासमा राख्ने काम गर्यो त्यो गलत भयो मात्र भनेको हो । यो क्षेत्र एकदमै संवेदनशील क्षेत्र हो । वर्षेनी उच्च शिक्षाका लागि हजारौं विद्यार्थी करोडौं खर्च गरेर विदेश अध्ययनका लागि जान्छन् । भोली विदेश गएर अन्तराष्ट्रिय डिग्री हासिल गरेर स्वदेश आएपछि तिनले देश निर्माणमा गर्ने योगदान महत्वपूर्ण छ । 

हाम्रो अर्थतन्त्र अझैपनि विदेशीएका नेपाली विद्यार्थी र श्रमिकले पठाएको रेमिट्यान्सले चलायमान छ भन्ने कुरा विर्सनु हुन्न । हामी प्रत्यक्ष रुपमा अन्तराष्ट्रिय शिक्षा र विद्यार्थीको भविष्यसँग सरोकार राख्छौं । तसर्थ यो क्षेत्र नेपालको इज्जत र प्रतिष्ठासँग पनि जोडिएकोले यसलाई राज्यले महत्वपूर्ण क्षेत्रको रुपमा लिएर यहाँ भएका विक्रिति विसंगति हटाउन हामीजस्ता संगठनसँग सल्लाह सुझाब लिएर काम गरोस र हामीलाई निर्वाध रुपमा ब्यवसाय गर्ने वातावरण बनोस भन्ने चाहन्छौं । 

पहिलो कुरा नेपालको शैक्षिक परामर्श क्षेत्र ठूलो उद्योग हैन । यो सेवामुलक शैक्षिक क्षेत्र हो । र, यो नेपालीकै लगानीमा चल्न सक्छ । हामी विद्यार्थी र कलेजविच पुलको कामगर्दै, विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै उनीहरुले तिरेको शुल्कबाट चल्न सक्छौं । यो क्षेत्र अहिलेको अवस्थामा आइपुग्नुमा राज्यकोभन्दा यहाँ २५ औं वर्षदेखि अनवरत रुपमा जिवन अर्पण गर्ने अग्रजहरुको ठूलो योगदान छ । 

विदेशी विश्वविद्यालय, कलेज र नियामक निकायसँग सम्बन्ध फराकीलो गराउने भनेकै शैक्षिक परामर्श ब्यवसायी हुन् । आज तिनले अढाई दशक बढि गरेको योगदानलाई अवमुल्यन गरी विदेशी लगानी भित्र्याउने नाममा स्वदेशी पूँजी डुबाउने खेल भइरहेको छ । भने, नेपालको शिक्षामा विदेशी लगानी भित्र्याउँदा विद्यार्थीको डाटा समेत विदेशीलाई दिने खेल हुँदैछ । 

हामीले काम गरिरहँदा राज्यलाई वर्षेनी करोडौं कर तिरीरहेका थियौं अब विदेशी लगानी प्रवेश गराउँदा त्यो कर र पूँजी समेत बाहिरीने खतरा बढेको छ । समग्रमा भन्दा शैक्षिक परामर्श क्षेत्रमा आएको एफडिआइले भोली नीजि क्षेत्रको लगानी त डुब्दैछ नै, विद्यार्थीको सुरक्षामा समेत प्रश्न चिन्ह उठ्ने शंका छ । हामी अझैपनि आशावादी छौं संसदमा विचाराधिन यो विषय मुलुक भित्रको लगानीका पक्षमा उभिनेछ । 

विदेशी विद्यार्थीका लागि हरेक देशले आ–आफ्नै नियम बनाएका हुन्छन् । नेपालबाट अस्ट्रेलिया, जापान जस्ता देशहरु जाने विद्यार्थीहरु अधिकतम डिप्लोमा तथा भाषा सिक्नका लागि जाने गर्दछन् । नो अब्जेक्सन लेटर बन्द गर्दा सरकारले आफैंले बनाएको नियमलाई गलत ब्याख्या गरी डिप्लोमा तथा एड्भान्स डिप्लोमा अध्ययन गर्न जाने विद्यार्थीलाई अवरोध सृजना गर्यो । यसले विद्यार्थीको पढ्न पाउने अधिकार हनन भयो भन्दै सर्वोच्चमा रिट हालियो । जहाँ सर्वोच्चले तत्कालका लागि अन्तरिम आदेश भएको अवस्था छ । नेपालको कुनैपनि कानुनले स्वदेशमा होस वा विदेशमा विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगरेको अवस्थामा मन्त्रालयका केहि कर्मचारीले कानुनमा भएको एकाध कमजोरीको फाइदा लिँदै संविधान विपरित सुचना निकाल्ने काम भएको थियो । यो विषय छिट्टै किनारा लाग्छ भन्नेमा आशावादी छु । 

इक्यानले हरेक वर्ष आयोजना गर्दै आइरहेको शैक्षिक मेलामा विद्यार्थीले एकै छानामुनी सयौं कन्सल्टेन्सी, शैक्षिक परामर्शदाता, विदेशी विश्वविद्यालय, कलेज र तिनका मान्यता प्राप्त प्रतिनिधिबाट करियर काउन्सेलिङ पाउने अवसर छ । यो शैक्षिक मेलाबाट विद्यार्थी अभिभावकले विश्व बजारमा कस्तो शिक्षा रहेछ भन्ने समेत बुझ्न सक्नुहुन्छ । 

शैक्षिक मेलामा मुलुकै प्रतिष्ठित नेपाल सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सीको मात्र सहभागीता रहने भएकोले यो विस्वसनीय छ । यहाँबाट प्राप्त हुने सुचनाहरु तथ्यगत छन् भन्दै सम्पूर्ण विद्यार्थी अभिभाबक र सरोकारवालाहरुलाई सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *